Above Article Ad
  • कञ्चनपुरमा सार्वजनिक सवारीसाधन सञ्चालन

    Above Article Content Ad
  • कञ्चनपुरः कञ्चनपुरमा सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। ‘जेनजी’ प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको लामो तथा छोटो दूरीका सवारीसाधन शनिवार बिहानदेखि सञ्चालनमा आएका हुन्।

    ‘जेनजी’को प्रदर्शनका कारण गत मङ्गलवारदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। “शनिवार बिहानदेखि सार्वजनिकलगायत सवारीसाधन सञ्चालनमा आएका छन”, उनले भने, “महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरी सवारीसाधन छुट्न थालेका छन।”

    Article inline ad #1
  • यसैबिच जिल्ला प्रशासन कार्यालयले गत मङ्गलवारदेखि लगाइएको कर्फ्यु आइतवार बिहानदेखि पूर्ण रूपमा हटाएको छ।

    Article inline ad #2

    प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा आइतवार बिहान ५ बजेपश्चात् अर्को सूचना जारी नभएसम्मका लागि पूर्णतया निषेधाज्ञा र कर्फ्यु हट्ने उल्लेख छ। शनिवार प्रशासनले निषेधाज्ञा खुकुलो गरेपछि महेन्द्रनगर बजारमा चहलपहल बडेको थियो।

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by