Above Article Ad
  • आज सुदूरपश्चिममा शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    Above Article Content Ad
  • धनगढी ।  सुदूरपश्चिममा आज शोक बिदा दिइएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले प्रदेश मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो ।

    यस्तै प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरिएको छ । डडेल्धुराबाट बझाङ जाँदै गरेको मन्त्री सिंहसहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडि मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो।दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको देउरास्थित रितु पोलिक्लिनिकमा निधन भएको थियो।

    Article inline ad #1
  • मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको थियो। यस्तै अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर आज बिहान ९ धनगढीस्थित कभर्ड हलको प्राङ्गणमा राखिने छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by