Above Article Ad
  • कोरियाकी पूर्व प्रथम महिला किम पक्राउ

    Above Article Content Ad
  • सियोल- दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम किओन हीलाई पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मङ्गलबार राति पक्राउ गरिएको छ।

    सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरूको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो। अभियोजकहरूले किमको कथित ‘गैरकानुनी कार्य’ बारे ८४८ पृष्ठलामो राय पेश गरेपछि प्रमाण नस्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पूर्जी जारी गरिएको हो।उनको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्व राष्ट्रपति र प्रथम महिला जेलमा परेका छन्। किममाथि लगाइएको अभियोगमा पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानूनका साथै राजनीतिक कोषसम्बन्धी कानुनको उल्लङ्घन गरेको पनि उल्लेख छ।

    Article inline ad #1
  • गत डिसेम्बर ३ मा पूर्व राष्ट्रपति युन सुक योलले संसद्मा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरूद्ध पार्न खोजेको तर विपक्षी सांसदहरूले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद् संसद्मा प्रवेश गरी उनको गैर–कानुनी कदमविरूद्ध मतदान गरेका थिए। उहाँविरूद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उनलाई पक्रउ गरिएको थियो। पूर्व राष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुबैजना बन्दी बनेको पहिलो घटना हो।

    Article inline ad #2

    पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति यूनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो र मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो। उनको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएकोे थियो। पूर्वराष्ट्रपति यून जुलाई १० देखि पक्राउ परेका छन् र अहिले हिरासतमा छन्। बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, “कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा याचना गर्दछु।” पूँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ।

    जेलको नियमअनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नु पर्नेछ। दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्व प्रथम महिलालाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ, जसमा पङ्खा छ तर वातानुकूलन छैन।
    जेलको आधिकारिक तालिका अनुसार उनलाई रोटी, जाम र ससेजसहित नियमित ब्रेकफास्ट दिइएको थियो।

    स्थानीय सञ्चारमाध्यमका अनुसार उनको कोठामा खान र पढ्नका लागि एउटा सानो टेबल, एउटा शेल्फ, एउटा सिङ्क र एउटा शौचालय छ, तर ओछ्यान छैन। उनलाई सामान्यतया उनका पतिसरह नै कैदी गृहमा राखिने भए तापनि अभियोजकहरूले सोमबार उनलाई २० किलोमिटर टाढाको छुट्टै हिरासतमा राख्न अनुरोध गरेका थिए। पक्रउपूर्जी जारी भएपछि प्रथम महिलाको पूर्वराष्ट्रपतिको परिवारका लागि दिइएको सुरक्षा सेवाको सुरक्षा तुरुन्तै समाप्त गरिएको थियो।

    कानुनविद् किम नाम–जुले एएफपीसँग कुरा गर्दै अभियोजनकर्ताले किमलाई २० दिनसम्म थुनामा राख्न सकिने बताएको छ। वकिल नाम–जुले भने, “किममाथि अभियोग अनुसार उहालाईँ कम्तीमा छ महिनासम्म हिरासतमा राख्न सकिनेछ। पूर्वप्रथम महिलाले वारेन्टलाई गैरकानुनी भन्दै अदालतमा चुनौती दिन सक्ने व्यवस्था दक्षिण कोरियाको कानुनी प्रावधान छ। वकिल नाम–जुले भने, “तर हालको परिस्थितिलाई हेर्दा, प्रमाण नष्ट हुने उच्च जोखिम देखिन्छ, जसले गर्दा वारेन्ट रद्द हुने र व्यक्तिलाई रिहा गर्ने सम्भावना कम हुन्छ।” “अर्को विकल्प जमानत हो, तर प्रमाण नष्ट गर्नेबारे चिन्ता भएको अवस्थामा यो अनुमति पनि दिइएको छैन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by