Above Article Ad
  • प्यारातालमा उद्योग वाणिज्य संघले निर्माण गरेको गोहीको मूर्तिको अनावरण : सबैको चर्चामा पत्रकार दिपेन्द्र बस्नेत

    Above Article Content Ad
  • जेठ २५ धनगढी
    कंञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा रहेको प्यारातालमा गोहीको मूर्ति स्थापना गरिएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा आज सो मुर्ति स्थापना गरिएको हो ।

    तालको पर्यटकीय विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले पुनर्वास उद्योग वाणिज्य संघको सहयोगमा मुर्ति निर्माण गरिएको थियो । कार्यक्रमको सभापतित्व पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले गरेका थिए ।

    Article inline ad #1
  • कार्यक्रममा स्वागत मन्तव्य पुनर्वास उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत बिष्टले राखेका थिए । कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया राना, निवर्तमान नगर प्रमुख जीवनराज थापा, निवर्तमान उपप्रमुख शारदा विष्ट धामी, प्रमुख प्रशासकीय अधिकृत तिलकराम रिजाल, विभिन्न वडाका अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका वर्तमान तथा पूर्वपदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

    Article inline ad #2

    यस अघि प्याराताल पर्यटन विकास केन्द्रको अगुवाइमा यसअघि माछा, कछुवा, ओद, कमलको फूल र मृगको मूर्ति स्थापना भइसकेको छ । सोही क्रममा तालको जैविक पहिचानलाई अझ आकर्षक बनाउने उद्देश्यले गोहीको मूर्ति निर्माण गरिएको केन्द्रका अध्यक्ष दीपेन्द्र बस्नेतले ख्जानकारी दिए ।

    ताल संरक्षण र विकासमा उहाँको नेतृत्व र सक्रियताको बारेमा कार्यक्रममा सहभागी सबैले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख शर्माले “कुनै पनि काम गर्न हातेमालो आवश्यक पर्छ” भन्दै नगरपालिकाले तालको संरक्षण र विकासका लागि प्रतिबद्ध रहेको बताए ।

    संघीय सरकारबाट विनियोजित ९० लाख रुपैयाँमा पुनर्वास नगरपालिकाले थप २० लाख रुपैयाँ बजेट मिलाएर करिब १ करोड १० लाख बराबरको लागतमा तटबन्ध, माटो पटान र सभाहल निर्माणको काम अगाडि बढाइएको बस्नेतले जानकारी दिए । तालको दीर्घकालीन विकासका लागि डिपिआर तयार पारेर अगाडि बढाइने उनले बताए ।

    विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख थापाले नागरिकको सक्रियतामा प्याराताल पर्यटन विकास केन्द्रले यहाँको विकासमा खेलेको भूमिकाको सराहना गर्दै यसले कञ्चनपुरको दक्षिणी भेगलाई देशभर चिनाउने काम गरेको बताए ।

    त्यसैगरी कार्यक्रम समापनका क्रममा बोल्दै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले जैविक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई दृष्टिगत गर्दै गोहीको मूर्ति राख्ने निर्णय गरिएको बताए ।

    सहयोगी दाताहरूसँग समन्वय गरी करिब दुई लाख छत्तीस हजार रुपैयाँको लागतमा मूर्ति निर्माण सम्पन्न भएको बताउँदै उनले भने निर्माण भएका मूर्तिहरूको संरक्षणमा सबैले ध्यान दिनुपर्ने आवश्यकता भएको छ ।

    कार्यक्रममा निवर्तमान नगर उपप्रमुख शारदा बिष्ट धामी, नेपाली काँग्रेसका प्रतिनिधि अमर जङ्ग साउद, नेकपा एमालेका प्रतिनिधि रामसिंह बिष्ट र नेकपा माओवादी केन्द्रका प्रतिनिधि कञ्चन गिरी लगायतका वक्ताहरूले पनि मन्तव्य राख्दै प्यारातालको संरक्षण र प्रवर्द्धन ऐक्यबद्धता जनाए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by