Above Article Ad
  • दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ?

    Above Article Content Ad
  • काठमाडौं—तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा बिहीबार र शुक्रबारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहन सुझाव दिएको छ ।

    Article inline ad #1
  • लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी छ । ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् । लुम्बिनीका साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ ।

    Article inline ad #2

    पछिल्लो मापनअनुसार लुम्बिनीका केही जिल्लामा ४० डिग्री पुगेको छ । अरु प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा धेरै पुगेको महाशाखाले जनाएको छ ।

    कसरी हुने सुरक्षित ?

    तातो हावाको लहरले मानव शरीरमा विभिन्न समस्या देखिन्छ । थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने हुन सक्छ ।

    त्यसैले यस्ता समस्याबाट बच्न सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् । यस्तो बेलामा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक—पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउनुपर्छ । स्वास्थ्यमा समस्या भएमा

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6