Above Article Ad
  • भव्य रूपमा सुरु भयो पुनर्वास महोत्सव २०८२ : एन्जिला रेग्मी र राज कुश्मीको प्रस्तुतीमा हजारौं दर्शक झुमे

    Above Article Content Ad
  • कञ्चनपुर— कञ्चनपुरको पुनर्वास नगरपालिकामा हाम्रो पुनर्वास, राम्रो पुनर्वास भन्ने मूल नाराका साथ आयोजना गरिएको पुनर्वास महोत्सव २०८२ भव्य रूपमा सुरु भएको छ।

    महोत्सवको पहिलो दिन नै हजारौं दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ। चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतीले महोत्सवस्थल निकै उत्साहपूर्ण र मनोरञ्जनमय बनेको थियो।

    Article inline ad #1
  • महोत्सवको पहिलो दिन लोकप्रिय गायिका एन्जिला रेग्मी र गायक राज कुश्मीको प्रस्तुती मुख्य आकर्षण बनेको थियो। उनीहरूले प्रस्तुत गरेका चर्चित गीतहरूमा दर्शकहरू नाचगान गर्दै रमाएका थिए। कलाकारहरूको ऊर्जा र दर्शकहरूको उत्साहले महोत्सवको पहिलो दिन नै सांगीतिक माहोल निकै तातेको थियो।

    Article inline ad #2

    पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सव परिसरमा थारू समुदायको संस्कृति झल्काउने थारू होमस्टे आर्थत थारू विभिन्न व्यापारिक स्टल, स्थानीय परिकार तथा मनोरञ्जनका लागि रमाइलो मेला सञ्चालन गरिएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

    उद्योग वाणिज्य संघ पुनर्वासका महासचिव दाउत तामाङका अनुसार महोत्सव अवधिभर करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवले स्थानीय व्यवसाय, कृषि उत्पादन तथा सांस्कृतिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको उनले बताए।

    महोत्सवको दोस्रो दिन पनि सांगीतिक कार्यक्रमहरू आकर्षणको केन्द्र रहने आयोजकले जनाएको छ। भोलि हुने कार्यक्रममा चर्चित कलाकार टेक बिस* र कृष्ण बिक सँगै स्थानीय कलाकार सनम परियार, सरस्वती धामी र अनिता धामीको प्रस्तुती रहनेछ।

    महोत्सवमा सांस्कृतिक झाँकी, व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन्। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै क्षेत्रीय पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6