
जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ,यी पाँच कुरा
कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ । मस्तिष्कले आफ्नो कार्यक्षमता गुमाउँदै गएपछि यस्तो समस्या हुनसक्छ । जब हामी बुढ्यौलीतर्फ ढल्कन थाल्छौं, मस्तिष्कको अवस्था उस्तै रहँदैन ।
जबकि यो समस्या बालबालिका, किशोर वा युवा उमेरमा पनि देखिन सक्छ । र, यो उमेर चरणमा मस्तिष्कको कार्य क्षमता कमजोर भएमा त्यसले उनीहरुको काम, पढाई, करियर जस्ता धेरै कुरामा प्रत्यक्ष असर गर्न थाल्छ ।
मल्टी भिटामिन
गहिरो निद्रा
पर्याप्त वा गहिरो निद्रा लिनु एकदमै जरुरी छ । अमेरिकन एकेडेमी अफ न्यूरोलोजीका शोधकर्ताहरुले के पाए भने जीवन र मस्तिष्कको कामकाज उत्कृष्ट बनाउन निद्राको गुणवत्ताले महत्वपूर्ण भूमिका खेल्छ । राम्रो वा गहिरो निद्राले मस्तिष्कलाई ताजा र चुस्त राख्न सहयोग गर्छ ।
व्यायाम
डेनमार्कको कोपेनहेगन विश्वविद्यालयका शोधकर्ताले १८ देखि ३५ बर्ष उमेरसमूहका पुरुषहरुमा एउटा प्रयोग गरेका थिए । त्यस क्रममा उनीहरुले के पाए भने, जसले दिमागी काम गर्नुअघि व्यायाम गरेका छन्, उनीहरुको कार्यकुशलता पनि बढेको थियो ।
कफी
कतिपय अध्ययनबाट के पाइएको छ भने कफी पिउँदा पनि मस्तिष्कको कार्यसंचालन राम्रो हुन्छ । जोन्स हप्किन्स युनिभर्सिटीको एक अध्ययन अनुसार प्रतियोगीलाई २०० मिलिग्राम क्याफिन ट्याबलेट दिएपछि उनीहरुको स्मरण क्षमता तुलनात्मक रुपमा राम्रो देखिएको थियो ।
केही अरु खानेकुरा
च्याउ, डार्क चकलेट, दालचिनी जस्ता केही प्रकारका खानेकुराले पनि मस्तिष्कको कार्यक्षमतामा सुधार ल्याउँछ ।