
कैलालीमा जुवा खालबाट ९ जनासहित ७४ हजार नगद बरामद
Above Article Content Ad
धनगढी: कैलालीमा प्रहरीले जुवा खालमा छापा हानेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरका अनिल केसीको घरमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा हानेको थियो।
सो क्रममा जुवातास खेलिरहेका केसीसहितका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।
Article inline ad #1
उनकाअनुसार उनीहरुको साथबाट ७४ हजार नगद बरामद गरिएको छ भने सानोठूलो ७ वटा मोबाइल, चार वटा तासको गड्डी पनि बरामद गरिएको छ।
Article inline ad #2
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad