Above Article Ad
  • पुनर्वासमा भलमन्साद्वारा बडा दशै,शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा बडा दशै,शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

    सोमबार पुनर्वास नगरपालिका-५, सिमरीको भीमसेन मन्दिरको सत्सङ्ग हलमा नगर स्तरीय भलमन्सा समितीद्वारा बडा दशै,शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

    Article inline ad #1
  • नगर स्तरीय भलमन्साका संयोजक राधे रानाको सभाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय तारा लामा तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशिष्ट अतिथीमा नगर प्रमुख तोय प्रसाद शर्मा,उपप्रमुख भुलिया कुमारी राना र पुर्व नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो । त्यस्तै वडाध्यक्षहरु पदम बहादुर रोकाया, डम्बर बहादुर थापा,मोहनलाल राना,कृष्ण तामाङ ,मित्र सिंह लामा,मुलचन्द राना,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाही,रानाथारु समिती पुनर्वासका पुर्व अध्यक्ष धोखे राना, भलमन्साहरु लगायतका व्यक्तित्वरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

    कार्यक्रममा भलमन्साहरुले शुभकामनासंगै रानाथारु समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकार देखि संघिय सरकार सम्मको ध्यानाकर्षण नभएको गुनासो पोखे ।

    त्यसैगरी, प्रमुख अतिथी तारा लामा तामाङले हामी आफ्नो हैन समुदायकै विकासका लागि प्रयासरत रहेको बताउनुभयो ।
    उहाँले पुनर्वास विभिन्न जातजाति मिलेर बसेको क्षेत्र हो । यहाँ विकासमा जातियताका कुरा नगर्न र यस्तो सोचाई नराख्न अनुरोध समेत गर्नुभयो ।

    रानाथारुका विभिन्न गित र नाचहरुको प्रस्तुति रहेको कार्यक्रमलाई सञ्चालन नगर स्तरीय भलमन्साका सचिव डील्ली प्रसाद चौधरीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button