
शहिद गौतमको शालिकमा माल्यार्पण पछि मतदाता माझ धन्यवाद दिदै निर्वाचित उम्मेद्वारद्वोय
पुनर्वास – मंसिर ४ गते भएको निर्वाचनमा कंचनपुर निर्वाचन क्षेत्र १ को प्रतिनिधि र प्रदेश सभा सदस्य पदमा राम्रो मतान्तरले निर्वाचित भएका उम्मेदवारद्वोय तारा लामा तामाङ र बिरबहादुर थापा मतदाता माझ निस्किएका छन् ।
उम्मेदवारद्वोय तामाङ र थापा आज (शुक्रबार) बिहान सीमा रक्षार्थ भारतीय एसएसबीको गोलीबाट सहादत प्राप्त गरेका सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्दै मतदाता माझ धन्यवाद व्यक्त गर्न निस्किएका हुन् ।
माल्यार्पण पछि गरिएको कुराकानीमा प्रतिनिधि सभा सदस्य तामाङले विजयी र्याली निकाल्ने भनेका छैनौं, शहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्ने कार्य राखेका हौ । हामी जनताका प्रतिनिधिका रुपमाकाम गर्ने छौ, हरेक कुरामा जनताका लागि यो क्षेत्रका लागि चाहे सीमा सुरक्षा होस, चाहे सीमा समाधान होस्, चाहे सडक संजाल होस,चाहे बाढी समस्या होस, चाहे सुकुम्बासी, आरक्षपिडित लगायत विभिन्न समस्याको सन्दर्भमा अग्रसर रहने बताउनुभयो ।
उहाँले यस क्षेत्रका समस्याका लागि केन्द्रिय प्रतिनिधि हुँदा केन्द्र सरकारलाई झकझक्याउने, निति निर्माण गर्ने सवालमा लाग्ने गरी जनताको प्रतिनिधि बनाएको हुनाले हामी सबभन्दा पहिले यस निर्वाचन क्षेत्रका जनताले हामीलाई विश्वास गरेको हुनाले हाम्रो कार्यक्रम जनतालाई धन्यवाद दिने कार्यक्रम हुने जानकारी दिनुभयो ।
मतदाताहरुको विश्वासलाई टुट्न नदिई अधिकतम काम गर्न अठोटका साथ लाग्ने उनको भनाई छ ।
त्यस्तै प्रदेश सभा सदस्य थापाले मतदातालाई धन्यवाद दिदै सीमा समस्या लगायतका जल्दाबल्दा समस्याका समाधानमा जनताका सल्लाह अनुसार अघि बढ्न्ने र उहाँहरुको भावना विपरीत जाने छैनौ,हामी एउटै पार्टीको उम्मेदवार मात्रै हैन यहाँका समग्र जनताको नेतृत्व गर्ने गरी अघि बढ्ने बताउनुभयो ।
” हामीलाई जसरी निर्वाचित गर्नुभएको छ,हाम्रो पार्टीले मात्रै हैन, समग्र यस क्षेत्रका सबै पार्टीमा आस्था राख्ने धेरै साथीहरू, मतदाताहरुले मतदान गर्नुभएको छ ।” उहाँले भन्नुभयो ” त्यसैले उहाँका घरदैलोमा पुग्ने कोशिस गर्ने छौ, यदि सकेनौं भनेपनि सबैलाई धन्यवादका संगै आभार व्यक्त गर्छौ ।”
निर्वाचित प्रतिनिधि सभा सदस्य तामाङ २४ हजार ८ सय ९२ मत प्राप्त गर्दै विजयी भएका थिए भने प्रदेश सभा सदस्य थापाले १२ हजार ३ सय ५९ मत पाएका छन् ।