Above Article Ad
  • प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव कर्णाली नदीमा बगाएको बयान

    Above Article Content Ad
  • लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय दीपक सुनारको हत्या आरोपमा उनकी श्रीमती यमुना सुनारसहित टीकापुर नगरपालिकाका रामराजेश महतो, लम्कीचुहाका दुर्योधन सुवर्णकार, कञ्चनपुरको बेलौरीका भीमा राना र वीरेन्द्र राना पक्राउ परेका हुन्।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार अनुसन्धानका क्रममा दीपककी श्रीमती यमुनाले प्रेमी दुर्योधन सुवर्णकारसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको हो। पक्राउ परेकाहरूले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार गत साउन २२ गते राति जानकी गाउँपालिका–स्थित अमरावती जंगलमा दीपकको हत्या गरिएको थियो। लम्कीमा घर भएका दीपक अमरावतीस्थित ससुरालीमा बस्दै आएका थिए। यमुनाले उनलाई स्कुटीमा राखेर राति जंगलमा पुर्‍याएको र त्यहाँ हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    हत्यापछि दीपकको शव कर्णाली नदीमा लगेर बगाएको बयान अभियुक्तहरूले दिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।

    प्रहरीका अनुसार यमुना र उनका प्रेमी सुवर्णकारले अन्य व्यक्तिलाई रकम दिने सहमतिमा हत्या गराएको देखिएको छ। हत्या गर्न कति रकममा सहमति भएको थियो र हत्याअघि कति रकम दिइएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    घटनाको दोस्रो दिन यमुनाले आफ्ना श्रीमान् हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिएकी थिइन्। त्यसैगरी, दीपकका आफन्तले पनि इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6