
सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने अनुसरण तालिम सम्पन्न
कैलाली-सुदुर पश्चिममा पहिलो पटक सहकारी अनुसरण सम्बन्धि ३ दिने तालिम कैलालीमा सम्पन्न भएको छ ।
सप्तरी,डाेल्पा देखि लिएर सुदुर पश्चिम सहित १०संस्थाका ४० जनाकाे सहभागी रहेको थियो ।
उक्त तालिमको उद्वघाटन २३ गते असार सानाकिसान विकास लघु वित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालयका मुख्य प्रबन्धक लिलाधर धितालले गर्नु भएको थियो ,नेपाल कृषि सहकारी केन्द्रीय संघका अनुशरण कार्यक्रम प्रमुख कपिल गाैतम,साना किसान सहकारी गेटा कैलालीका मुख्य प्रबन्धक नृप खड्का,सानाकिसान कृषि सहकारि मालाखेतिका मुख्य प्रबन्धक गाेरख बहादुर खत्री,अनुशरण सहजकर्ता सराेेज तिमल्सिना ,नीर बहादुर अधिकारी,गंगा प्रशाद पंगालि लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनु भएको नेपाल कृषि सहकारी केन्द्रीय संघका फिल्ड संयोजक शाैरभ थापाले बताउनुभयो ।
तालिममा कृषि सहकारी संचालक र सहकारीका कर्मचारीहरु सहभागी भएका थिए । लगनशील महिला सानाकिसान कृषि सहकारी सायल -५ देवारमाण्डु डाेटिकि व्यवस्थापक प्रमुख डाेल्मा खड्काले तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
त्यसै गरि डाेल्पाबाट सहभागी अर्का सहभागी एवं त्रिपुरा सुन्दरी सानाकिसान सहकारीका उपाध्यक्ष ज्ञान बहादुर बुढाले कृषि सहकारी सम्बन्धि तालिम जीवन उपयोगी रहेको अब ज्ञानसिप गाउँ टाेलमा फैलाउने बताउनुभयो ।
सप्तरीबाट सहभागी श्रि सानाकिसान कृषि सहकारीका अध्यक्ष जय सुन्दर यादवले तालिम बहुउपयाेगि लागेको बताउनुभयो ।
दार्चुलाबाट सहभागी शैलेशिखर सानाकिसान कृषि सहकारीका सदस्य पुष्कर सिङ डागाले एकदमै राम्रो तालिम रहेको बताएका छन् अछाबाट बान्निगढि सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष पदम बहादुर शाहले तालिम जीवन निर्वाहमुखि,आर्थिक अवस्था र सामाजिक अवस्थामा सुधार केन्द्रित सहकारी शिक्षा भएको बताउनुभयो ।
सानाकिसान लघुवित्त वितिय संस्था लि बबरमहलकाे काठमाडौकाे सहयोगमा तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ धाेविघाट, ललितपुरको आयोजनमा अत्तरियास्थित नमस्ते होटलमा तालिम संचालन भएको हो ।