Above Article Ad
  • अलंकार पब्लिक स्कुलको परिक्षाफल प्रकाशनमा प्रहरीको बाल विवाह र बहुविवाह सम्बन्धी क्लास

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित अलंकार पब्लिक स्कुलले वार्षिक परिक्षाफल प्रकाशन गरेको छ ।
    मंगलबार पुनर्वास नगरपालिका–८ का वडाध्यक्ष राना श्रवणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी माझ नेपाल प्रहरीले बाल विवाह र बहुविवाह सम्बन्धी जनचेतनामूलक क्लास गरेको हो ।

    प्रहरी सहायक निरिक्षक तिलक बहादुर चन्दले बाल विवाह र बहुविवाह समाजमा बढ्दै गईरहेको र यसले विभिन्न घटनाका मोड ल्याउँने गरेको विषयलाई जोड्दै सो सम्बन्धी कसुरमा कानुन बमोजिम हुने सजायका विषयमा सहभागीहरुमा अवगत गराएका थिए ।
    बिधालयको शैक्षिक सुधार र सर्वाङ्गिण विकासका विषयमा कुरा गर्दै प्रिन्सिपल पुष्पराज ओझाले परिक्षामा नतिजा खस्किएको विषयलाई अनर्थ नलिई तीन घण्टे परिक्षामा असफल हुनुले कमजोर नहुने बताए ।

    Article inline ad #1
  • उनले परिक्षामा असफल भएपनि बौद्धिकता र संस्कारलाई अनुसरण गर्दै मुल्यांकन गर्नुपर्ने बताए ।
    बिधालयकी शिक्षिका कोपिला अमगाईको स्वागत मन्तव्यसँगै सुरु गरिएको कार्यक्रममा बिधालयका अध्यक्ष चक्रप्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भाईस प्रिन्सिपल बलबहादुर बि.क.ले गरेका थिए ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by