Above Article Ad
  • सुदूरपश्चिममा भुकम्पको झटका,बझाङको तलकोटमा क्षति

    Above Article Content Ad
  • महेन्द्रनगर । सुदूरपश्चिममा मंगलबार अहिलेसम्म २ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएको ५।३ रेक्टरको भूकम्प गएको छ । सो भूकम्पको केन्द्रबिन्दु तलकोट रहेको केन्द्रको भनाई छ । सुदूरपश्चिमभर हल्लाउने गरी आएको भूकम्पको धक्काले बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्‍याएको छ ।

    गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भूकम्पले क्षति गरेको जानकारी आइरहेको बताइन् । महालिङ्ग नि मा बि जैनार को भवनमा क्षति पुगेको छ । ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ उनले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’

    Article inline ad #1
  • आफूहरू गाउँपालिका कार्यालयमै रहेको र अन्य क्षतिको विवरण संकलन गरिरहेको उनले बताइन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा धक्का दिएको थियो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाइएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by