Above Article Ad
  • स्वावलम्बन लघुवित्तद्वारा अछामको मंगलसेनका १ सय ८ बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण

    Above Article Content Ad
  • अछाम  -बढ्दै गईरहेको चिसोलाई मध्यनजर गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्था मंगलसेन शाखाले न्यानो लुगा वितरण गरिएको  छ ।

    बुधबार एक भव्य समारोहका बीच मंगलसेन नगरपालिकाकी नगर उपप्रमुख संगिता रावल सोडारीको प्रमुख आतिथ्यतामा स्वावलम्बन लघुवित्त संस्थाले न्यानो लुगा वितरण गरिएको  हो ।

    Article inline ad #1
  • संस्थाको मंगलसेन शाखाले मङ्गलसेन नगरपालिका-१२ बिर्कु स्थित कालिका आधारभुत बिद्यालयमा अध्ययनरत ५ कक्षा सम्मका विपन्न परिवारका १ सय ८ जना  बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको शाखा प्रमुख देव सिंह ठकुरीले जानकारी दिनुभयो ।

    Article inline ad #2

    संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो लुगाका रुपमा स्विटर र टोपी वितरण गरिएको शाखा प्रमुख ठकुरीको भनाई थियो ।
    वित्तीय सस्थाहरुले बचत र कर्जा कारोबार मात्र होइन बिपन्न र न्यून आयस्तर भएका परिवारका महिलाहरुको जिवनस्तर माथी उठाउन र समाजमा  अराजक गतिविधि गर्ने तत्वहरुलाई निष्कृय पार्न तथा सामुहिक हित र अराजक गतिविधिको सामना गर्न, देशभरीका ६१ जिल्लामा १ सय ४५ शाखा कार्यालय स्थापना छन् ।

    स्वावलम्बन लघुवित्तले  विगतका वर्षहरुमा देशै भरीका कार्यालयबाट  विभिन्न सामाजिक कार्यहरु,विपदमा राहत बितरण, दिर्घ रोगी ग्राहक सदस्यलाई उपचार खर्च तथा जेहेन्दार बिध्यार्थीलाई छात्रवृत्ति बितरण जस्ता कार्यक्रम गर्दै आएको छ ।

    कार्यक्रमको बिशिष्ट अतिथीमा मङ्गलसेन नगरपालिका -१२ का वडाध्यक्ष खगेन्द्र रावल,  कालिका आधारभुत बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर रावल हुनुहुन्थ्यो । त्यस्तै,अतिथीहरुमा अस्थायी प्रहरी पोष्ट कालागाउँका प्रहरी सहायक निरीक्षक जयलाल कैला, महिला वडा सदस्य देवीसरा शाह,  इलाका कार्यालय धनगढी अन्तर्गत कलस्टर “ख”का प्रमुख सुरेन्द्र कार्की, कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर रावल, बिद्यालय ब्यवस्थापन समितीका सदस्य भन सिंह रावल,   केन्द्र नम्बर ७९ का केन्द्र प्रमुख सुस्मिता रावल आसिन रहनुभएको थियो ।

    स्वावलम्बन लघुवित्त  मङ्गलसेन अछामका कार्यालय प्रमुख देव सिंह ठकुरीको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सन्चालन वरिष्ठ  सहायक बालि सिंह  बोहराले गर्नुभएको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6