Above Article Ad
  • पत्रकार ढुङ्गानाले आगलागी पीडितलाई सहयोग

    Above Article Content Ad
  • धनगढीः कैलालीका पत्रकार खेम ढुङ्गानाले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन। उनले आगलागीबाट प्रभावित परिवारलाई नगद १० हजार सहायता गरेका हुन्।

    जेठ २ गतेको हावाहुरीसँगै भएको आगलागीले झंकर बुढाको घर पूर्ण रूपमा खरानी बनाएको थियो। शरीरमा लगाएका कपडा बाहेक सबै थोक गुमाएका पीडित अहिले अरूको आश्रयमा जीवन यापन गरिरहेका छन्। समाचार सङ्कलनका लागि घटनास्थल पुगेका पत्रकार ढुङ्गाना पीडित परिवारको अवस्था देखेर स्तब्ध भएका थिए। उनले सामाजिक सञ्जालमार्फत् भिडियो प्रसारण गरी सहयोगको आह्वानसमेत गरेका थिए। देश–विदेशबाट सहयोगको श्रृंखला सुरु छ। उनले भने, ‘सामाजिक पीडामा म चुप लागेर बस्न सक्दिनँ। पत्रकारिताको धर्म भनेको पीडितको आवाज बुलन्द पार्नु मात्र होइन, सकेको सहयोग गर्नु पनि हो।’

    Article inline ad #1
  • उनको यो मानवीय पहलले पत्रकारिता क्षेत्रका लागि एउटा सकारात्मक सन्देश दिएको छ। सामाजिक उत्तरदायित्वप्रति समर्पित पत्रकार ढुङ्गानाको यो कार्य प्रशंसनीय मात्रै होइन, अनुकरणीय पनि बनेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by