Above Article Ad
  • कञ्चनपुर कारागारमा कैदीबन्दी बीच झडप हुँदा ८ जना घाइते

    Above Article Content Ad
  • धनगढी – कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ८ जना घाइते भएका छन् । कारागारको आन्तरिक प्रशासन चलाउने नाइके र चौकीदारसंग अन्य कैदीबन्दीको शुक्रबार बेलुका झडप हुँदा ८ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी बोहराले बताए ।

    `कारागारमा रहेका नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो,´ डीएसपी बोहराले भने, `अहिले भने कारागारको अवस्था सामान्य छ ।´

    Article inline ad #1
  • यता प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिनका लागि समिति गठन गर्ने बताए । `कारागारको आन्तरिक प्रशासनमा केही कैफियत देखिएको छ,´ सिडिओ ढकालले भने, `छानबिन समितिले सबै पत्ता लगाउछ ।´

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by