
पुनर्बास ११ को राष्ट्रिय माविमा पिटिए अध्यक्षमा भुपेन्द्र अधिकारी चयन
Above Article Content Ad
पुनर्बास – कंचनपुरको दक्षिणी भेग पुनर्बास मा राष्ट्रिय माध्यमिक विद्यालयको अभिभावक-शिक्षक संघ (पिटिए) को अध्यक्षमा भुपेन्द्र अधिकारी चयन भएका छन्।
विद्यालयको हालै सम्पन्न बि ब्य स को सभाले अभिभावक लाई आहावान गरे सङै भेला अभिभावक ले अधिकारीलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।
अध्यक्षमा चयन भएपछि अधिकारीले विद्यालयको गुणस्तरीय शिक्षा प्रवर्द्धन, भौतिक संरचना विकास र अभिभावक-शिक्षकबीच समन्वयलाई प्राथमिकता दिने बताएका छन्। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नवनिर्वाचित समितिले चाँडै नै विद्यालयको समग्र सुधारका लागि कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














