Above Article Ad
  • कंचनपुरमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेविसंघ सक्रिय

    Above Article Content Ad
  • पुनर्वास । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कञ्चनपुर क्षेत्र न १ मा चुनावी गतिविधी तिव्र पारेको छ ।

    आइतबार कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का विद्यार्थीहरुको भेला गर्दै नेविसंघले पार्टीका उम्मेदवारलाई विजय गराउनका लागि इमान्दारिताका साथ खटिन निर्देशन दिएको हो ।

    Article inline ad #1
  • नेपाली कांग्रेस एवं लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन तथा विद्यार्थी युबाहरुलाइ चलायमान बनाउनका लागि नेविसंघ क्षेत्र नम्बर १ ले सक्रियता बढाएको प्रदेश ‘क’ ने बि संघ का संयोजक निरज भण्डारीले बताए ।

    Article inline ad #2

    बेलौरीमा एक अनौपचारिक कार्यक्रम आयोजना गर्दै चुनाब जित्नको लागि विद्यार्थी हरुको ठूलो भुमिका रहने कुरा प्रष्ट पार्दै विद्यार्थी नेताहरुलाई आसन्न मंसिर ४ को चुनाव मा अनवरत खटिनका लागि परिचालन गरिएको क्षेत्र नं.१ का निर्वाचन परिचालन समितिका संयोजक यज्ञ खड्काले बताए ।

    उक्त कार्यक्रममा नेविसंघका नेता प्रदेश “ख” परिचालन समिती संयोजक शुभम रावल नेबि संघ नेता गोकर्ण जोशी ,गोमा शर्मा ,नरेश पन्डित,दिनेश भट्ट,जीवन राना, संगम भट्ट,ने.बि. संघ महाकाली बहुमुखी क्याम्पस सभापति अशोक शाह, सन्जय रावल, अमर बहादुर ठकुल्ला लगायतका विद्यार्थी नेताहरु ,नेपाली कांग्रेस कंचनपुर जिल्ला सदस्य राम खड्का पुनर्बास नगर कमिटी उपसभापति नगेन्द्र श्रेष्ठ , पुनर्बास वाड न ११ उपसभापति दिल ब देउबा को उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by