Above Article Ad
  • आन्तरिक उडानमा ‘डलर फेयर’ हटाइने, सुदूरपश्चिमबाट सुरुवात

    Above Article Content Ad
  • धनगढी-आन्तरिक हवाई उडानमा विदेशी नागरिक तथा गैरआवासीय नेपालीसँग लिइँदै आएको उच्च भाडादर ‘डलर फेयर’ हटाउने तयारी गरिएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विभेदपूर्ण दुई तहको भाडा प्रणाली अन्त्य गर्दै यसलाई क्रमशः देशभर लागू गर्ने योजना रहेको जानकारी दिएका छन्।

    Article inline ad #1
  • हाल विदेशी पर्यटकहरूले आन्तरिक उडानमा नेपाली यात्रुको तुलनामा दोब्बरदेखि तेब्बरसम्म बढी भाडा तिर्नुपर्ने अवस्था छ, जसले गैरआवासीय नेपालीलाई समेत आफ्नै देशमा महँगो यात्रा गर्न बाध्य बनाएको छ।

    Article inline ad #2

    यसअघि विदेशी यात्रुबाट उठाइएको अतिरिक्त रकम ‘दुर्गम विकास कोष’मा जम्मा गर्ने व्यवस्था भए पनि २०५८ सालदेखि उक्त रकम नियमित रूपमा संकलन नभएको उल्लेख गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6