Above Article Ad
  • धनगढीमा जानकी यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    Above Article Content Ad
  • धनगढी- “ज्येष्ठ नागरिकको उत्थानशिलता, बदलिँदो विश्वका लागि अपरिहार्यता” भन्ने नारा सहित ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ ।

    शनिबार जानकी यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र ज्येष्ठ नागरिक जिल्ला संघको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका-२ स्थित जानकी मन्दिरको सत्संग भवनमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सो दिवस मनाईएको हो ।

    Article inline ad #1
  • सम्मान कार्यक्रममा समितिका अध्यक्ष गणेश बहादुर खड्काको सभाध्यक्ष तथा धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष धर्मराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा समितिका पुर्व अध्यक्ष तेजराज अवस्थी लगायतका व्यक्तित्वहरु अतिथीमा आसिन रहनुभएको थियो ।

    Article inline ad #2

    कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी वडाध्यक्ष ओझाले ज्येष्ठ नागरिक र अपांगता व्यक्तिका हकहितमा पहिल्यै देखि काम गर्दै आएको र आगामी दिनमा पनि आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो ।

    उहाँले ज्येष्ठ नागरिकको सम्मानकै लागि उपमहानगरपालिकाले प्रत्येक वडाबाट ५ जनालाई धार्मिक क्षेत्रमा भ्रमण गराउने निर्णयपनि रहेको जानकारी गराउनुभएको थियो ।

    भजन कृतन सहित ८६ वर्षीया ज्येष्ठ नागरिक तुलसी देवि उप्रेतीबाट सुरु गरिएको सम्मान कार्यक्रममा करिब ५० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

    प्रादेशिक आयुर्वेदिक चिकित्सालयबाट जेष्ठ नागरिकलाई उपयोगी औषधी समेत वितरण गरिएको समितिका अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिनुभयो ।

     

    कार्यक्रममा अधिकाँश वक्ताहरुले जेष्ठ नागरिकहरुको राज्यले सम्पुर्ण हेरचाह गर्नुपर्ने, विभिन्न क्षेत्रमा छुट गरिनुपर्ने जस्ता थुप्रै विषयमा सुझाव व्यक्त गर्नुभएको थियो ।

    जेष्ठ नागरिक महासंघ कैलालीका धनबहादुर चौधरी स्वागत मन्तव्यसंगै कार्यक्रम सञ्चालन सचीव कुलबहादुर हमालले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button