Above Article Ad
  • झुपडी भित्र लागू औषध सेवन र कारोबार गरिरहेका १० जना पक्राउ

    Above Article Content Ad
  • धनगढी –कञ्चनपुरमा प्रहरीले लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार राती ९ बजे लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – १३ बडैपुर स्थित झुपडीबाट १० जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा स्थानीय २४ को प्रदीप लुहार सहित १० जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरू झुपडीको कोठा भित्र बसी लागू औषध सेवन तथा कारोबार गरी रहेको अवस्थामा फेला परेका थिए ।

    उनीहरूको शरीर तथा झुपडी खानतलासी गर्दा ११।३७ ग्राम लागू औषध खैरो हेरोइन, ५ वटा प्रतिबन्धित क्याप्सुल र लागू औषधमा प्रयोग हुने अन्य सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6