
पुनर्वास नगरपालिका २ वडा कार्यालयद्वारा बिधार्थीहरुलाई स्विटर वितरण
Above Article Content Ad
कञ्चनपुको पुनर्वास नगरपालिका २ वडा कार्यालयले टुहुरा, असहाय तथा गरिब बिधार्थीहरुलाई स्विटर वितरण गरेको छ ।
चिसो बढ्न थालेपछि बिहिबार पुनर्वास नगरपालिका २ वडा कार्यालयले वडा भित्रका दुई सामुदायिक बिधालयका एक सय ६१ जना बिधार्थीहरुलाई स्विटर वितरण गरेको हो ।
वडा कार्यालको बजेटबाट मोतिबस्तीमा रहेको सरस्वती माध्यमिक बिधालयका एक सय र अरनीकोबस्ती स्थित अरनीको आधारभुत बिधालयका ६१ जना टुहुरा, असहाय तथा गरिब बिधार्थीहरुलाई स्विटर वितरण गरिएको वडा सदस्य मनकामना शाहीले जानकारी दिनुभयो ।
Article inline ad #1
सदस्य शाहिले चिसो अत्याधिक बढेपछि वडाबाट स्विटर वितरण गर्ने निर्णय गरेको र सामन्य सहयोग भएपनि बिधार्थीहरुलाई केहि राहत मिल्ने बताउनुभयो ।


Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















