Above Article Ad
  • पुनर्वासमा आजदेखि ‘ज्येष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप’ फुटबल प्रतियोगिता सुरु

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–३, रामबस्तीस्थित राम युवा क्लबको आयोजनामा ‘ज्येष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप’ निर्वाचन क्षेत्र नं. १ स्तरीय पुरुष तथा खुला भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ।

    बुधबार क्लबकै आफ्नै खेलमैदानमा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका निवर्तमान माननीय तारा लामा तामाङले”ज्येष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप”फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

    Article inline ad #1
  • क्लबका अध्यक्ष जिनबहादुर तामाङको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको अतिथिमा पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङसहित अन्य जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

    Article inline ad #2

    उद्घाटन गर्दै निवर्तमान प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले खेलकुदले खेलाडीको प्रतिभा निखार्नुका साथै राष्ट्रलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
    उहाँले फुटबलका लागि पुनर्वास क्षेत्र निकै सम्भावनायुक्त रहेको समेत जिकिर गर्नुभयो।

    प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ७५ हजार र द्वितीय हुने टिमले ८७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका सचिव लालमन तामाङले जानकारी दिनुभयो।

    त्यस्तै, खुला भेट्रानतर्फ प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार १५ हजार रुपैयाँ संगै ट्रफी,प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तामाङले बताउनु भयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6