Above Article Ad
  • धनगढीमा भूमिहीनको पहिचान र प्रमाणीकरण अघि बढ्यो, लालपुर्जाका लागि पाँच वडाको विवरण पठाइयो

    Above Article Content Ad
  • धनगढी-भूमिहीन तथा अव्यवस्थित बसोवासी समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाले पहिचान तथा प्रमाणीकरणको काम अघि बढाएको छ।

    भूमि आयोगलेले पहिले धनगढी  उपमहानगरपालिकालाई लगत संकलन तथा प्रबिस्ट, बस्तीको तहगत क्षेत्र निर्धारण तथा नापीको जिम्मेवारी दिएको थियो। उपमहानगरपालिकाले उक्त जिम्मेवारीअनुसार  लगत संकलन तथा प्रबिष्ट, बस्तीको तहगत  क्षेत्र निर्धारण र नापीको काम सम्पन्न गरी जिल्ला समीतीमा पठाइसकेको थियो।

    Article inline ad #1
  • आयोगले उपमहानगरपालिकालाई पुनः व्यक्तिको पहिचान तथा प्रमाणीकरण गरी विवरण पठाउन उपमहानगरपालिकालाई पत्राचार गरेको थियो। सोहीअनुसार उपमहानगरपालिकाले वडा नम्बर २, ७, ८, ९ र १७ का भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान तथा प्रमाणीकरण गरी विवरण आयोगमा पठाइसकेको छ।

    Article inline ad #2

    अन्य वडामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई आफ्नो विवरण प्रमाणीकरणका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। वडा कार्यालयबाट व्यक्तिको पहिचानसम्बन्धी फाइल कार्यपालिकामा प्राप्त भएपछि बैठकबाट निर्णय गराएर भूमि समस्या समाधान जिल्ला समिती कैलालीमा पठाइने नगरप्रमुख गोपाल हमालले बताएका छन्।

    उपमहानगरपालिकाले बाँकी वडाको पहिचान तथा प्रमाणीकरण प्रक्रिया पनि अघि बढाइसकेको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6