
धनगढीमा दोहोरी साँझअगाडि युवाहरूबीच कुटाकुट
Above Article Content Ad
धनगढी-कैलालीको धनगढीमा दोहोरी साँझअगाडि युवाहरूबीच कुटाकुट भएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका–३ स्थित इन्द्रेणी दोहोरी साँझअगाडि छ लेन सडकमै युवाहरूको समूहबीच कुटाकुट भएको हो।
सडकमा युवाहरूबीच भएको हानाहानको दृश्य अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ। रातिको समयमा सडकमै तीन–चार जना युवाहरुले अर्का युवालाई हेल्मेटले प्रहार गरेको दृश्य भिडियोमा कैद भएको छ।
कैलाली प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो। तर, प्रहरी घटनास्थल पुग्दा कुटाकुटमा संलग्न युवाहरू फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार घटनास्थलमा वडा प्रहरी कार्यालयको टोली पठाइएको थियो। तर, घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















