
धनगढीबाट छुटेको बस कावासोतिमा दुर्घटना
Above Article Content Ad
धनगढी –पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।
सोमबार बिहान कावासोती नगरपालिका–११ स्थित लोकाहामा धनगढीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सडकमा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको बताइएको छ। दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ। दुर्घटना हुनुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते यात्रुको विस्तृत विवरण तथा अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















