Above Article Ad
  • प्रहरीकै सामुन्ने उपचाररत युवकलाई कुटेपछि पुनर्वासका व्यवसायी मुन्ना खान पक्राउ

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. का मुन्ना भनेर चिनिने व्यवसायी महोमद असद खानलाई प्रहरीले पक्राउ गरेको छ ।

    मंगलबार सोही ठाउँ बस्ने ३५ वर्षीय नागेश सिंह रावलमाथि  पुनर्वास पोलिक्लिनिक कुटपिट गरेपछि प्रहरीले व्यवसायी खानलाई पक्राउ गरेको हो।

    Article inline ad #1
  • व्यवसायी खान र रावल बीच लेनदेनका विषयमा आई.बी.आर.डी.कै आशा डेरीमा विवाद भएको प्रहरीबाट बुझिएको छ।
    खानको  कुटपिटबाट रावलको हात र खुट्टामा सामान्य चोट लागेको थियो।

    Article inline ad #2

    घटनापछि उपचारका लागि रावल पुनर्वास पोलिक्लिनिक पुगेका थिए। तर, उपचार गराइरहेकै अवस्थामा खान परिवारका सदस्यहरूसहित पुनः त्यहाँ पुगेको र प्रहरीकै सामुन्ने रावलमाथि कुटपिट गरेको बताइएको छ।

    कुटपिटपछि प्रहरीले व्यवसायी खानलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले खानलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको जानकारी दिएका छन्।

    प्रहरीका अनुसार खान यसअघि पनि पटक–पटक झैझगडाका घटनामा मुछिने गरेको बताइएको छ।
    उपचारका लागि पुगेका घाइतेमाथि स्वास्थ्य संस्थाभित्रै प्रहरीकै उपस्थितिमा पुनः कुटपिट भएको घटनाले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था र शान्तिसुरक्षाको विषयमा प्रश्न उठाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6