Above Article Ad
  • बडादसैँको टीका आज पनि लगाइँदै

    Above Article Content Ad
  • काठमाडौँ –विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदैछ ।

    आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ ।
    बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन् ।

    Article inline ad #1
  • हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् ।

    Article inline ad #2

    काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरु बाहिरबाट पनि काठमाडौँ आइरहेका छन् ।

    बडादसैँको टीकाको मुख्य दिन बुधबार भएपनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।
    त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6