Above Article Ad
  • सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, प्रदेशसभा बैठक मंगलबारसम्म स्थगित

    Above Article Content Ad
  • धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले करीब दुई महिनापछि ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा सत्तारुढ दलभित्र विवाद भएको छ ।

    आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो तर, सत्तारुढ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढेपछि मंगलबारसम्मका लागि बैठक स्थगीत गरिएको छ ।

    Article inline ad #1
  • प्रदेश सभा सचिवालयले मंगलबार बिहान ९ बजे बस्नेगरि बैठक बोलाइएको जनाएको छ । विचौलियामार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारुढ दलकै सांसदले लगाएपछि विवाद बढेको छ ।

    Article inline ad #2

    एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या सिर्जना भएको हो । सरकारमा रहेका मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट देखिएका छन् ।
    बजेटमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप लागेको छ ।

    बजेटमा विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न बोलाएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6