Above Article Ad
  • तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद

    Above Article Content Ad
  • सुनसरी प्रहरीले इनरुवा नगरपालिका–३, सखुवागाछी चेकपोस्टबाट २५ सय ६६ किलो गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

    ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना७ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एवं एसपी पुष्पराज मल्लले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको बताए ।

    Article inline ad #1
  • नियन्त्रणमा लिइएकामा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई छन् । गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरुवासम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालोनजिक पुग्ने लक्ष्यसहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताए । थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6