
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Above Article Content Ad
धनगढी– कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जनाले भागेर ज्यान जोगाएका छन् ।
गौरीगंगा नगरपालिका ६ कोृ भैरव महिला सामुदायिक वनमा बिहीबार बिहान बाघले आक्रमणबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Article inline ad #1
प्रहरीकाअनुसार बिहान च्याउ खोज्न जंगल गएका सोही ठाउँका अन्दाजी ४० वर्षीया कृष्ण चौधरीको बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । उनी स्थानीय शिवलाल राना र हंस रानासँगै च्याउ खोज्न बिहान ५ बजेतिर जंगल गएका थिए ।
Article inline ad #2
बाघले आक्रमण गरेपछि उनीहरुले भने भागेर ज्यान जोगाएका थिए । अहिले इलाका प्रहरी कार्यालय चौमालाको टोली घटनास्थल पुगेको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















