Above Article Ad
  • खसीको भनेर बाख्रीको मासु बेच्ने अत्तरियाका मासु पसले पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीको अत्तरियामा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्न राखेको आरोपमा एक जना मासु पसले पक्राउ परेका छन्।

    शुक्रबार बिहान कृषि ज्ञान केन्द्र कैलालीसहित विभिन्न विषयगत कार्यालयका कर्मचारीले गरेको अनुगमनका क्रममा अत्तरिया बजारस्थित रफिक मासु पसलमा खसी र बाख्रीको मासु फेला परेको हो।

    Article inline ad #1
  • अनुगमनका क्रममा खसीको मासु भन्दै बाख्रीको मासु मिसाएर बिक्रीका लागि राखिएको भेटिएपछि पसल सञ्चालक रफिक मुसलवानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #2

    इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराका अनुसार रफिकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    यता, रफिकले भने अनुगमन टोलीसमक्ष बाख्री आफैंले बिक्रीका लागि नभई अर्कै व्यक्तिले काटिदिन भन्दै ल्याएको र आफूले सहयोग मात्रै गरेको दाबी गरेका छन्।

    प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयतर्फ लैजाने क्रममा रफिकले माफी माग्दै आफूलाई नियन्त्रणमा नलिन आग्रह गरेको समेत जनाएको छ।

    खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्न खोजिएको हो वा रफिकको दाबीअनुसार अर्कै व्यक्तिका लागि बाख्री काटिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ l

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6