Above Article Ad
  • प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक छैन : गगन थापा

    Above Article Content Ad
  • धनगढी-नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्।

    गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको टिप्पणी गरे। दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेडजस्ता सार्वजनिक संस्थानको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको उनको भनाइ थियो

    Article inline ad #1
  • विसं २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अघि बढाइएको आर्थिक उदारीकरण र नीतिको महत्व निकै रहेको उनले बताए। विपत्पछिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णयमा प्रतिबिम्बित हुने भएकाले सही आर्थिक दृष्टिकोण आवश्यक रहेकोमा उनले जोड दिए।

    Article inline ad #2

    सभापति थापाले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्योल नरहेको पनि स्पष्ट पारे। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने भन्दै उनले प्रतिस्पर्धाबाट नेतृत्वमा आउने र नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने बताए।

    नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्न महाधिवेशन र दसैँलगत्तै ७७ वटै जिल्लामा गाउँ–गाउँ पुग्ने गरी देशव्यापी अभियान सञ्चालन गरिने जानकारी पनि सभापति थापाले दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6