Above Article Ad
  • कञ्चनपुर र डडेल्धुरामा भारी वर्षा

    Above Article Content Ad
  • काठमाडौं -पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१.४ मिलिमिटर वर्षा मापन भएको छ ।

    Article inline ad #1
  • यस्तै डडेल्धुराको डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएकमो छ । उता तराईको सिरहामा पनि भारी वर्षा भएको छ, जहाँ ९० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

    Article inline ad #2

    मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।

    धेरै वर्षा भएका स्थानमा रहेका नदी तथा खोलाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्क रहन सरोकारवालाले सचेत गराएका छन् ।

    आइतबार राति काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि वर्षा भएको थियो । वर्षाका कारण राति यहाँका हनुमन्ते, बागमतीलगायतका खोलामा बाढी आएको थियो । हनुमन्तेको बाढीले राति खतराको तह पार गरेको थियो अहिले भने वहाब घटेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6