
संसदमा हंगामा गर्ने आशिकाको बानी व्यहोरा सुधार्ने घोषणा
Above Article Content Ad
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने बताएकी हुन् । ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु’, उनले लेखेकी छन् ।
Article inline ad #1
रास्वपा संसदीय दलको बुधबारको बैठकमा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई मर्यादित र अनुशासित हुन निर्देशन दिएका थिए । तामाङले मंगलबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालसँग मुख लागेकी थिइन् ।
Article inline ad #2
सभामुखले नामै तोकेर संसदको मर्यादामा बस्न रुलिङ गरेपछि उनले झोक्किँदै संसदको बैठक कक्ष छाडेकी थिइन्
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















