Above Article Ad
  • पुनर्वासमा साना किसान सहकारी चोरी घटनामा व्यवस्थापकको ठूलो लापरबाही, संचालक समिति पनि मौन ?

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित साना किसान सहकारी संस्था लिमिटेडमा भएको चोरीको घटनालाई लिएर व्यवस्थापकको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।

    चोरी भएको एक साता बितिसक्दा पनि घटनाबारे सञ्चालक समितिले ठोस निर्णय लिन नसकेको भन्दै शेयर सदस्यहरूले असन्तुष्टि जनाएका छन् ।

    Article inline ad #1
  • गत साता रातिको समयमा सहकारीको लकरबाट नगद चोरी भएको घटना सार्वजनिक भएपछि घटनाको प्रकृतिमाथि समेत प्रश्न उठ्न थालेको हो ।

    Article inline ad #2

    चोरी भएको रकमबारे सहकारीकी व्यवस्थापक कल्पना चापागाईंले फरक–फरक व्यक्तिलाई फरक रकम बताएको शेयर सदस्यहरूको दाबी छ ।

    पत्रकार धनबहादुर विश्वकर्मासँग व्यवस्थापक चापागाईंले करिब चार लाख रुपैयाँ चोरी भएको बताएको उल्लेख छ भने ‘विश्व खोज’का कार्यकारी सम्पादक हरिलाल जोशीसँग भने दुई लाख ६२ हजार रुपैयाँ चोरी भएको बताइएको थियो । यसरी चोरी भएको रकमबारे नै फरक विवरण सार्वजनिक हुनुले घटनालाई थप शंकास्पद बनाएको शेयर सदस्यहरूको भनाइ छ ।

    त्यसैगरी, चोरी हुनुअघि लकरमा ठ्याक्कै कति रकम राखिएको थियो भन्ने विषयमा समेत व्यवस्थापकसँग स्पष्ट विवरण नहुनुले झनै शंकास्पद बनाएको छ ।
    सहकारीको लकरमा नम्बर लक प्रणालीसमेत रहेको बताइए पनि लकरको साँचो कार्यालयमै छाडिएको विषय बाहिर आएको छ । व्यवस्थापक चापागाईंका अनुसार लकरका दुईमध्ये एउटा साँचो आफूले र अर्को साँचो सहायक कर्मचारी लक्ष्मी खरेलले राख्ने गरेकी थिइन् ।

    तर चोरी भएको दिन सहायक कर्मचारीले साँचो फाइलभित्र राखेको व्यवस्थापकले बताएकी छन् । साँचो सुरक्षित राख्नुपर्ने जिम्मेवारीमा भएको यस्तो कमजोरीले सहकारीको सुरक्षा व्यवस्थापनमाथि नै प्रश्न उठाएको छ ।
    व्यवस्थापक चापागाईंले आफूहरूको कमजोरी स्वीकार गर्दै भनिन्, “साँचो छोड्नु हाम्रो गलत भयो ।”

    घटनामा जानेबुझेकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरिएको छ । किनभने सहकारीमा रहेका कम्प्युटर, चेकलगायत अन्य महत्वपूर्ण सामग्रीमा कुनै क्षति नपु¥याई लकरबाट मात्रै रकम चोरी भएको बताइएको छ ।

    सहकारीकी अध्यक्ष दिना निरौलाले घटनाको प्रारम्भिक प्रकृति हेर्दा जानेबुझेकै व्यक्तिबाट चोरी भएको हुनसक्ने बताएकी छन् ।

    उनका अनुसार चोरी भएको दिन लकरको साँचो कार्यालयमै छाडिएको भन्ने जानकारी आएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताइन् ।

    चोरीको घटनापछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले सहकारीमा जडान गरिएको सीसी क्यामेराको डिभाइस अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले घटनाको प्रकृति केही अनौठो देखिएको भन्दै विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    घटनामा अनुसन्धान भईरहेपनि अर्को तर्फ चोरी भएको एक साता पुग्दा समेत व्यवस्थापकको लापरबाही बारे सञ्चालक समितिले स्पष्ट निर्णय नलिएको भन्दै शेयर सदस्यहरूले आपत्ति जनाएका छन् ।

    शेयर सदस्यहरूले सहकारीको नगद तथा महत्वपूर्ण कागजातको सुरक्षा व्यवस्थापनमा भएको कमजोरीबारे तत्काल छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले एउटा साँचोसमेत सुरक्षित राख्न नसक्ने कर्मचारीले आर्थिक पारदर्शिता के गरेका होलान् जस्ता टिकाटिप्पणी गर्दै आईरहेका छन् ।

    अवस्था कसरी सिर्जना भयो र त्यसको जिम्मेवारी कसले लिने?
    घटनापछि कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको अवस्थाले पनि सहकारीको आन्तरिक व्यवस्थापनमाथि थप प्रश्न खडा गरेको शेयर सदस्यहरूको भनाइ छ ।

    शेयर सदस्यहरूले व्यवस्थापकको लापरबाही भए–नभएको, चोरी भएको वास्तविक रकम कति हो, लकरको साँचो कसरी बाहिरियो र घटनामा कसको संलग्नता छ भन्ने विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6