Above Article Ad
  • ‘प्रदेशको समृद्धिलाई सबैले साझा विषय बनाएर काम गर्नुपर्छ’

    Above Article Content Ad
  • सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ले प्रदेशको समृद्धिलाई सबैले साझा विषय बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

    सुदूरपश्चिममा मनाइने सामाजिक तथा धार्मिक पर्व ओल्के, नागपञ्चमी र गुरहीका अवसरमा आज कैलालीको धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नागरिकको प्रतिष्ठा प्रदेशको समृद्धिसँग जोडिएकाले मिलेर काम गर्नुपर्ने बताए। मन्त्री मल्लले समाजका सबैपक्ष, सामाजिक तथा धार्मिक सम्पदाको समग्र विकासले नै प्रदेश विकासको आधार तयार गर्ने भन्दै सरकारले नयाँ सोचसहित काम गर्ने उल्लेख गरे।

    Article inline ad #1
  • उनले बजेट निर्माणमा देखिएको विवादकै कारण नयाँ गठबन्धन र नयाँ सरकार बनेकाले अब समृद्धिको खाका कोर्ने गरी बजेट निर्माण र त्यसको कार्यान्वयन गरिने उनको भनाइ थियो। कार्यक्रममा प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेट निर्माणका क्रममा देखिएका समस्याबारे आफूहरुले मन्त्री भएकै अवस्थामा विरोध गरेको स्मरण गराउँदै नयाँ बजेट सुधारको खाकासहित आउनुपर्ने धारणा राखे।

    Article inline ad #2

    उनले यसअघि सरकारले बनाएको बजेटमा असहमति जनाएकै कारण नयाँ गठबन्धन सरकार बनेकाले त्यसको ख्याल गर्न आग्रह गरे। कार्यक्रमका सहभागीले तीनवटै सामाजिक तथा धार्मिक पर्वको शुभकामना व्यक्त गर्दै नयाँ सरकारले सबै पक्षको भावनालाई बुझेर काम गर्ने विश्वास व्यक्त गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6