
कैलालीमा एमाले सुदूरपश्चिम नेतृको ट्रकको ठक्करबाट मृत्यु
Above Article Content Ad
कैलाली – कैलालीमा एमाले सुदूरपश्चिमकी नेतृको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
बर्दगोरिया गाउँपालिका-१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको हो ।
आज बिहान बर्दगोरिया-१ स्थित मुडा पुल नजिकै उनी सवार लुप्र०१०१० प ००४५ नम्बरको इभी स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको सुपप्र ०१००१ ख ३६९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
Article inline ad #1
गम्भीर घाइते भएकी सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
Article inline ad #2
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन्
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















