Above Article Ad
  • बाजुराकी प्रहरी प्रमुख डिएसपी शैलेश्वरी बोहरा मासिक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट

    Above Article Content Ad
  • व्यावसायिक, अनुशासित र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित बोहराले अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन तथा विभिन्न सरकारी निकायसँग प्रभावकारी समन्वय कायम गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनमा उल्लेख गरिएको छ।

    Article inline ad #1
  • भौगोलिक रूपमा विकट जिल्ला बाजुरामा उनले घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा अवैध गाँजा फडानीजस्ता सामाजिक विकृतिविरुद्ध प्रहरी टोलीलाई सक्रिय रूपमा परिचालन गर्दै उल्लेखनीय नेतृत्व प्रदान गरेकी छन्।

    Article inline ad #2

    यस्तै, हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद र झडपको घटनामा उनी स्वयं घटनास्थलमा पुगेर अनुसन्धान तथा सुरक्षा व्यवस्थापनको नेतृत्व गरेकी थिइन्। उक्त घटनाको प्रभावकारी व्यवस्थापनले पनि उनको कार्यक्षमताको प्रशंसा बटुलेको थियो।

    हिमाली जिल्ला मध्ये असार महिनाको उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई सम्मानित गरेको डिएसपी बोहराले बताइन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6