Above Article Ad
  • बेलौरी नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा १७६ थान कृषि सामग्री हस्तान्तरण

    Above Article Content Ad
  • कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत मंगलबार कृषि क्षेत्रमा आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १७६ थान कृषि यान्त्रिकीकरण सामग्री कृषक फर्म,कृषक तथा कृषि समूहलाई हस्तान्तरण गरेको छ।

    कार्यक्रमको सभापति प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी, प्रमुख अतिथि नगर प्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि नगर उपप्रमुख जोगराम चौधरी, अतिथिमा कार्यक्रममा बेलौरी नगरपालिका वडा ४ वडाध्यक्ष अर्जुन ढकाल वडा नं ६ का वडाध्यक्ष भोजराज चौधरी, वडा नं ८ का वडाध्यक्ष विश्राम राना, वडा नं १० का वडाध्यक्ष सोमराज राना,कार्यपालिका सदस्य, कृषि विकास शाखा प्रमुख सुमनराज जोशी, कृषक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कृषि विकास शाखाले २ एच.पी.का ९२ थान मोटर, १७ थान पम्पसेट, ९ एच.पी.का १० थान मिनी टिलर, ५ थान रोटाभेटर, १० थान कल्टिभेटर, २२ एच.पी.का १० थान पावर टिलर, २ थान सुगरकेन मल्चर, २ थान राजाहल, २ थान रिपर, २ थान कम्बाइन मिल, ५ थान चारचक्के पावर टिलर, २ थान लेजर ल्यान्ड लेभलर, १ थान रेजर ९ थान तथा ५ थान, पावर स्प्रेयर ३ थान र ट्रेन्चर गरी कुल १७६ थान कृषि यान्त्रिकीकरण सामग्री कृषक तथा कृषि समूहलाई हस्तान्तरण गरेको जनाएको छ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिकाका अनुसार कृषि यान्त्रिकीकरण कार्यक्रमले श्रमको अभाव न्यूनीकरण, उत्पादन लागत घटाउने, खेतीलाई समयमै सम्पन्न गर्न सहयोग पुर्‍याउने तथा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषकको आयस्तर उकास्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले जानकारी दिनुभयो। सामग्री खरिदका लागि नगरपालिकाको ४२ लाख र कृषकको ४२ लाख गरी ८४ लाखमा सामग्री खरिद समेत बताउनुभयो।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकालले नगरपालिकाले अनुदानमा उपलब्ध गराएका कृषि सामग्रीको अधिकतम सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्दै यस्ता सामग्रीको प्रभावकारी प्रयोगबाट कृषि उत्पादन वृद्धि र कृषकको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै अनुदानमा प्राप्त सामग्री कुनै पनि अवस्थामा बिक्री–वितरण नगर्न समेत अनुरोध गर्नुभयो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं नगर उपप्रमुख जोगराम चौधरीले कृषि नै बेलौरी नगरपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार भएकाले कृषकलाई प्रविधिमैत्री र व्यवसायिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले अनुदानमा वितरण गरिएका कृषि उपकरणको सही सदुपयोग गर्न आग्रह गर्दै आधुनिक कृषि प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषकको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    Article inline ad #1
  • कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न बेलौरी नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ५० प्रतिशत अनुदानमा वितरण गरिएका कृषि उपकरणको प्रभावकारी प्रयोगबाट उत्पादन वृद्धि हुनुका साथै कृषकको आयआर्जनमा समेत सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।नगर प्रमुख चौधरीले अन्य स्थानीय तहको तुलनामा बेलौरी नगरपालिकाले प्रत्येक वर्ष कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै उत्पादन वृद्धि र कृषकको आर्थिक सशक्तीकरणका लागि उल्लेखनीय बजेट विनियोजन गर्दै आएको पनि बताउनुभयो। उहाँले उपलब्ध गराइएका उपकरणको सदुपयोग गर्दै व्यवसायिक कृषि विस्तार गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।कार्यक्रमको समापनमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले कृषि यान्त्रिकीकरणले खेतीपातीलाई सहज, छिटो र कम लागतमा सञ्चालन गर्न सहयोग पुग्ने उल्लेख गर्दै कृषिलाई थप व्यवसायिक र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि प्राविधिक हरिश सेट्टीले गर्नुभएको थियो।  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6