
कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु
Above Article Content Ad
कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग ९एलएनजी० मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतार स्थित भारतीय दूतावासले बताएको छ।
उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउदै अन्य ६६ जना घाइते भएको दुतावासले जनाइएको छ।
Article inline ad #1
मृतकको पार्थिव शरीर चाँडै नै भारत पठाइने तयारी भईरहेको पुष्टि गर्दै दूतावासले यस घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई यथा सक्य सहयोग गर्नका लागि कतारी अधिकारीहरूसँग सम्पर्कमा रहेर आवाश्यक काम गरिरहेको जनाएको छ।
Article inline ad #2
गत मार्च महिनामा भएको इरानी आक्रमण पछि बन्द भएको ग्यास उद्योग पुनः सञ्चालनमा आइ कामदारहरूले काम गरिरहेको समयमा विस्फोट भएको मिडियाले रिपोर्ट गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















