Above Article Ad
  • डडेल्धुरामा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न खोज्दा चर्कियो विवाद,वडा कार्यालयमा तालाबन्दी

    Above Article Content Ad
  • डडेल्धुरा-डडेल्धुराको अमरगढी नगरपालिका–६ को गुनेगाडमा निर्माण हुन लागेको फोहोर व्यवस्थापन केन्द्रको विरोधमा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

    बस्ती र खानेपानीको स्रोत नजिक फोहोर व्यवस्थापन केन्द्र बनाउन लागिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

    Article inline ad #1
  • बिहिबार निर्माण कार्य अघि बढाउन  डोजरसहित पुगेको प्रहरी र नगरपालिकाको टोली स्थानीयको विरोधपछि फर्किएको थियो।

    Article inline ad #2

    डम्पिङ साइटको विषय केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा पनि उठेको थियो। उक्त बैठकमा स्थानीय पक्षले आगामी २८ गतेसम्म गाउँका लागि केही विकास योजना माग गर्ने र त्यसबारे नगरपालिकाले आवश्यक निर्णय गर्ने समझदारी बनेको बताइए पनि त्यसमा सबै स्थानीयको सहमति भने नरहेको जनाइएको छ।
    २८ गते नगरपालिकाले डोजर लगेर निर्माण प्रक्रिया अघि बढाउन खोजेपछि स्थानीयको विरोध झन् चर्किएको हो। स्थानीयका अनुसार सहमतिको नाममा सीमित व्यक्तिलाई अगाडि सारेर निर्णय गरिएकाले आफूहरूले त्यसलाई स्वीकार नगर्ने अडान लिएका छन्।
    आन्दोलनरत स्थानीयको अर्को असन्तुष्टि वडा नेतृत्वप्रति पनि देखिएको छ। वडा नम्बर ६ का बासिन्दाले आफ्नै वडाका अध्यक्षले स्थानीयको भावना विपरीत निर्णय गरेको आरोप लगाएका छन्। वडामा उद्योग, कलकारखाना र रोजगारी सिर्जना गर्ने योजना ल्याउनुपर्नेमा जिल्लाभरिको फोहोर ल्याउने काम भएको भन्दै उनीहरुले बिरोध गरेका हुन।
    स्थानीय प्रेम टमाटाले नगरपालिकाले जबरजस्ती डोजर प्रयोग गरेर फोहोर व्यवस्थापन केन्द्र बनाउन खोजेको आरोप लगाउँदै माग पूरा नभएसम्म वडा कार्यालयको ताला नखुल्ने बताए।
    छचोडाका राजेन्द्र ताम्राकारले बस्ती र खानेपानीका स्रोत नजिक फोहोर व्यवस्थापन केन्द्र बनाउँदा दुर्गन्ध र प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले आफूहरू कुनै पनि हालतमा त्यसलाई स्वीकार नगर्ने बताए। अमरगढी नगरपालिका–५ का वडा अध्यक्ष तथा सरसफाइ समिति संयोजक टंक क्षेत्रीले भने दीर्घकालीन फोहोर व्यवस्थापनको विकल्प खोज्दै नगरपालिकाले करिब १४ रोपनी जग्गा खरिद गरेको, विस्तृत परियोजना प्रतिवेदन तयार गरेको र ठेक्का प्रक्रियासमेत पूरा गरिसकेको बताए।
    उनका अनुसार यसअघि उद्योग वाणिज्य सङ्घ नजिक र त्यसपछि अमरगढी–१ स्थित नेपाल खाद्य संस्थानको जग्गामा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको थियो। हाल प्रयोग भइरहेको स्थान पनि भरिन लागेकाले नयाँ स्थायी व्यवस्थापन केन्द्र अपरिहार्य बनेको उनको भनाइ छ। वडा कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक सेवा प्रभावित भएका छन्।

    नगरपालिकाले कागती खेती गर्ने भनी वडा नम्बर ६ मा  स्थानीय गुणाकर भाटको जमिन खरिद गरेको स्थानीयहरुबाट बुझिएको छ ।

    डडेल्धुराकै प्रसिद्ध धार्मिक क्षेत्र उग्रतारा मन्दिर नजिकै डम्पिङ साइड निर्माणले आउने पर्यटकहरूलाई समेत असर पार्ने स्थानीयहरूको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6