Above Article Ad
  • सीमा क्षेत्रमा कडाइ बेलौरीबाट लाखौं मूल्यका अवैध सामान बरामद

    Above Article Content Ad
  • बेलौरी -कञ्चनपुरको बेलौरी लगायतका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्राउँदै गरेको लाखौँ मूल्य बराबरको सामग्री र एउटा मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीको टोलीले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गतका विभिन्न स्थानबाट उक्त अवैध सामान नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भन्सार छली ल्याइएका सामग्रीहरू फेला पारेको हो। बरामद गरिएका सामानहरूमा टायल, डिजेल, हार्डवेयर लगायतका विभिन्न सामग्रीहरू रहेका छन्।

    Article inline ad #1
  • प्रहरीका अनुसार बरामद गरिएका ती सामग्रीहरूको अनुमानित बजार मूल्य ३ लाख ४३ हजार रुपैयाँ कायम गरिएको छ। अवैध सामान ओसारपसारमा संलग्न रहेको सु.प.प्र. ०१-०१४ प ११८५ नम्बरको एउटा अपाचे आरटीआर मोटरसाइकल समेत टोलीले घटनास्थलबाटै बरामद गरेको छ।

    Article inline ad #2

    बरामद गरिएका सामग्री तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6