Above Article Ad
  • धनगढीको नवजीवन हस्पिटलमा बिरामीको मृत्युपछि गम्भीर प्रश्न

    Above Article Content Ad
  • धनगढी –कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा नगोदावरी–६ लालपुर निवासी सनम बिकको मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ।

    आफन्तका अनुसार सनमको केही दिनअघि टनसिलको शल्यक्रिया गरिएको थियो। शल्यक्रियाको ८–९ दिनपछि पुनः रगत बग्न थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल ल्याइएको थियो।

    Article inline ad #1
  • अस्पताल पुगेपछि सनमले आफ्नो टाउको अत्यधिक दुखिरहेको र अवस्था असहज रहेको भन्दै सुई नलगाउन आग्रह गरिरहेकी थिइन्। तर नर्सले सुई लगाएपछि उनी केही क्षणमै बेहोस भएकी र त्यसपछि आईसीयूमा सारिएको आफन्तको दाबी छ। केही समयपछि उनको मृत्यु भएको बताइएको छ।

    Article inline ad #2

    मृतकका आफन्तले उपचारमा गम्भीर लापरवाही भएको आरोप लगाएका छन्। यता अस्पताल पक्षले भने घटनाबारे छलफलका क्रममा औषधिको ओभरडोज हुन पुगेको विषय स्वीकार गरेको  मृतकका भिनाजु लालबहादुर बि.ले धनगढी खबरलाइ बताए। यो दाबीबारे अस्पतालको आधिकारिक लिखित धारणा भने सार्वजनिक भएको छैन।

    यदि औषधिको मात्रा सम्बन्धी त्रुटि वास्तवमै भएको हो भने यसले बिरामी सुरक्षा र उपचार प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्दछ। औषधि कसले लेख्यो, कसले दियो, कुन औषधि कति मात्रामा प्रयोग भयो र मृत्युको वास्तविक कारण के हो भन्ने विषय अब सम्बन्धित निकायको अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6