Above Article Ad
  • सामाजिक बेथितिविरुद्ध  कंचन पब्लिक स्कुलको जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

    Above Article Content Ad
  • पुनर्बास-कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिका–११ अमर बस्तीमा रहेको कंचन पब्लिक स्कुल को आयोजनामा सामाजिक बेथितिविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

    मिति २०८३ जेठ १० गते वडा नं. ११ अन्तर्गत पिपल चौतरा, टाउके बजार तथा डोके बजारमा कार्यक्रम सञ्चालन गरिएको थियो।

    Article inline ad #1
  • कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सामाजिक विकृति, विसंगति तथा बेथितिविरुद्ध सचेतनामूलक सन्देश प्रस्तुत गरेका थिए। स्थानीयवासी, अभिभावक तथा बुद्धिजीवीहरूको समेत उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।

    Article inline ad #2

    विद्यालयका संस्थापक सुरेश अधिकारी ले समाज परिवर्तनका लागि सचेतना अत्यन्त आवश्यक रहेको बताउँदै विद्यार्थीमार्फत सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।


    त्यसैगरी विद्यालयकी प्राचार्य आरती बिष्ट अधिकारी ले विद्यार्थीलाई शिक्षासँगै सामाजिक जिम्मेवारीप्रति पनि जागरूक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6