
कैलारीबाट खैरो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ
Above Article Content Ad
धनगढी- कैलालीको कैलारी गाउँपालिकाबाट खैरो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
कैलारी गाउँपालिका-५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईनसहित भारतको लखिमपुरी जिल्ला तेकुनिया बस्ने २८ वर्षीय विकाश कुमार र ३४ वर्षीय मन्जोत सिंह रहेका छन्।
Article inline ad #1
भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी.३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार दुबै जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























