Above Article Ad
  • अछामको साँफेबगरमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

    Above Article Content Ad
  • धनगढी-अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

    बुधवार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीको भनाइ छ।

    Article inline ad #1
  • त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ की करिब ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ। सोही स्थानका ५३ वर्षीय नृप खातीको दाहिने हात र बाँया आँखामा चोट लागेको छ।

    Article inline ad #2

    बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरेलाको बाँया खुट्टामा चोट लागेको छ भने ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेर उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।

    घाइते सबैलाई उपचारका लागि इलाका प्रहरी कार्यालय साँफेबगरको गाडीमार्फत बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायब निरीक्षक देबेन्द्र कुँवरको कमाण्डमा आठ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। जिप सडकभन्दा तल खसेकाले यातायात आवागमन भने प्रभावित नभएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6