Above Article Ad
  • कञ्चनपुरमा घरभित्रै पुरुषको हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    Above Article Content Ad
  • धनगढी -कञ्चनपुरमा घरभित्रै एक पुरुषको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका–५ का ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बिहान घरभित्र सुनार मृत फेला परेको जानकारी उनकै ३६ वर्षीया श्रीमती यशोदा सुनारले गराएकी थिइन् । सुनारको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्सपेक्टर थापाले बताए । सुनारको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।

    Article inline ad #1
  • सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको थापाले बताए । उनका अनुसार घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6