Above Article Ad
  • कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

    Above Article Content Ad
  • कञ्चनपुर–   कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    सोमबार बिहान घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

    Article inline ad #1
  • सुनारकी श्रीमतीले सोमबार बिहान करिब ७ बजे घटनाबारे जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    सुनारको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6